गोडैतामा छठी व्रतालु महिलाहरूलाई साडी वितरण

कार्तिक ९, गोडैता- मधुबनी । गोडैता नगरपालिकाको वडा नं. १२ मा विगत आठ वर्षदेखि निरन्तर रूपमा व्रतालु महिलाहरूलाई साडी वितरण गर्दै आएका वडा अध्यक्ष केशव यादवले यस वर्ष पनि सो परम्परा निरन्तरता दिएका छन्।

स्थानीय समुदायमा सामाजिक सेवा र धार्मिक आस्थालाई एकैसाथ सुदृढ गर्ने उद्देश्यले अध्यक्ष यादवले यस वर्ष पनि ६४२ जना छठी व्रतालु महिलाहरूलाई साडी वितरण गरेका हुन्।

कार्यक्रमको प्रमुख अतिथि गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र कुमार यादव रहनुभएको थियो। त्यसैगरी कार्यक्रमका विशेष अतिथि मेयर प्रत्याशी गजेन्द्र कुमार यादव रहनुभएको थियो। अतिथिहरूले व्रतालु महिलाहरूलाई साडी वितरण गर्दै छठ पर्वले समाजमा एकता, आस्था र आत्मबल बढाउने सन्देश दिएको बताएका थिए।

वडा अध्यक्ष केशव यादवले विगत आठ वर्षदेखि निरन्तर रूपमा आफ्नै निजी लगानीमा यो कार्यक्रम सञ्चालन गर्दै आएका छन्। उहाँका अनुसार, “यो कुनै राजनीतिक उद्देश्यले होइन, धार्मिक आस्था र व्रतालु आमाहरूप्रतिको सम्मानका लागि हो। जबसम्म मसंग सामर्थ्य छ, यो परम्परा निरन्तर चलाइरहनेछु,” उहाँले भन्नुभयो।

स्थानीय बासिन्दाहरूले पनि वडा अध्यक्ष यादवको यो सामाजिक पहलको प्रशंसा गर्दै यस्तो कार्यले धार्मिक सद्भाव र सामुदायिक सहकार्यलाई बलियो बनाउने प्रतिक्रिया दिएका छन्।छठ पर्वका अवसरमा गरिएको साडी वितरण कार्यक्रममा वडाका समाजसेवी, महिला समूहका प्रतिनिधि र स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more