१२ अषाढ, विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले)सँग तत्काल सहकार्य सुरु हुने बताएका छन्।
विराटनगरमा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वामपन्थी शक्तिहरूबीच सहकार्यको वातावरण बन्दै गएको उल्लेख गरे। एमालेसँग मात्रै होइन, लोकतान्त्रिक दलहरू तथा जसपासहित अन्य राजनीतिक शक्तिसँग पनि विभिन्न चरणमा छलफल भइरहेको उनले जानकारी दिए।
प्रचण्डले मुलुकको राजनीतिक स्थायित्व, सुशासन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर विभिन्न दलहरूसँग संवाद अघि बढाइएको भन्दै आगामी दिनमा सहकार्य थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।
उनले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई पनि आफ्नो प्राथमिकतामा राखेको उल्लेख गर्दै निकट भविष्यमा श्रीलंका भ्रमण मा जाने तयारी रहेको बताए। भ्रमणका क्रममा राजनीतिक भेटघाटका साथै दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल हुने उनको भनाइ थियो।
प्रचण्डको यो अभिव्यक्तिलाई पछिल्लो समय वामपन्थी दलहरूबीच सम्भावित राजनीतिक सहकार्यको संकेतका रूपमा हेरिएको छ।


















