जनकपुरधाममा आन्दोलनरत पक्षसँग सरकारको दोस्रो चरणको वार्ता सुरु

१६ साउन, जनकपुरधाम। जनकपुरधाममा आन्दोलनरत हिन्दुवादी सङ्गठनका प्रतिनिधिसँग सरकारले दोस्रो चरणको वार्ता सुरु गरेको छ।
वार्तामा संघ, प्रदेश र स्थानीय तहको प्रतिनिधित्व गर्दै तीनै तहका सरकारका प्रतिनिधि सहभागी भएका छन्। वार्तामा संघीय सरकारका गृहमन्त्री सुधन गुरुङ, मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, मधेश प्रदेशका अर्थमन्त्री युवाराज भट्टराई, प्रदेशका गृहमन्त्री फकिरा महतो, मनिष झा लगायत सहभागी छन्।
त्यसैगरी आन्दोलनरत हिन्दुवादी सङ्गठनका प्रतिनिधिहरू पनि वार्तामा सहभागी भएका छन्। पछिल्ला दिनदेखि जारी आन्दोलन र त्यससँग सम्बन्धित विभिन्न माग तथा जनकपुरको पछिल्लो अवस्थाबारे छलफल भइरहेको जनाइएको छ।
वार्ताबाट आन्दोलनको शान्तिपूर्ण समाधान, सामाजिक सद्भाव कायम गर्ने तथा आन्दोलनरत पक्षका मागका विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ।

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more