सम्झौताको हल्ला अस्वीकार गर्दै राष्ट्रिय एकता दल, अध्यक्ष विनय यादवको अनशन जारी

१७ साउन, काठमाडौ । राष्ट्रिय एकता दलले जनकपुरधाममा सरकारसँग भएको वार्ताका सम्बन्धमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पार्टी र नेपाल सरकारबीच कुनै सम्झौता भएको भन्ने प्रचारप्रति आपत्ति जनाउँदै त्यस्तो समाचार भ्रामक रहेको जनाएको छ। दलले प्रेस विज्ञप्ति जारी गर्दै जनकपुरधाममा भएको वार्तामा राष्ट्रिय एकता दल र नेपाल सरकारबीच कुनै पनि प्रकारको सम्झौता, सहमति वा समझदारी नभएको स्पष्ट गरेको छ।
दलका अनुसार जनकपुरधाममा भएको वार्ता राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूसँग सम्बन्धित विषय थियो र त्यसमा राष्ट्रिय एकता दलको कुनै संलग्नता वा सहमति नरहेको दाबी गरिएको छ। आवश्यक परे सम्बन्धित प्रमाण सक्षम निकायसमक्ष प्रस्तुत गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
यस्तै, राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय यादव आफ्ना जायज मागहरूको सम्बोधनको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा आमरण अनशनमा अझै पनि बसिरहेका छन्। दलले उनका माग पूरा नभएसम्म आमरण अनशन निरन्तर जारी रहने जनाएको छ।
दलले आफ्नो नाम जोडेर भ्रमपूर्ण र अपुष्ट सूचना प्रचार नगर्न आग्रह गर्दै आधिकारिक जानकारीका लागि पार्टीका आधिकारिक माध्यमलाई मात्र आधार बनाउन सञ्चारमाध्यम, नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकसँग अनुरोध गरेको छ।

  • सम्बन्धित समाचारहरु

    संयुक्त हिन्दु मोर्चाले सरकारसमक्ष १३ बुँदे मागपत्र बुझायो

    Read more

    जनकपुरधाममा आन्दोलनरत पक्षसँग सरकारको दोस्रो चरणको वार्ता सुरु

    Read more