एकैदिन १४ हजार ६ सय रुपैयाँ बढ्यो सुन

११ चैत, काठमाडौं । एक सातायता अघिल्लो दिनसम्म घटेको सुनको भाउ बुधबार बढेको छ । आज एकैदिन सुनको भाउ तोलामा १४ हजार ६ सय रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ फेरि उकालो लागेसँगै नेपाली बजारमा पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७३ हजार ९ सय रुपैयाँमा झरेको थियो ।

चाँदीको भाउ पनि एकैदिन तोलामा ४१५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९२० रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचारहरु

राजर्षिजनक विश्वविद्यालयको ९औँ वार्षिकोत्सव सम्पन्न, डिजिटल प्रणालीमा लैजाने घोषणा

Read more

चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई लिएर सरकार उच्च सतर्कतामा

Read more