पुस २८, तेहरान। ईरानमा पछिल्लो दुई हप्तादेखि जारी महँगीविरुद्धको आन्दोलन उग्र बन्दै गएको छ। सरकारको कडा चेतावनीका बाबजुद पनि शनिबार र आइतबार ठूलो सङ्ख्यामा सर्वसाधारण सडकमा उत्रिएपछि अवस्था थप तनावग्रस्त बनेको हो। प्रदर्शनकारीहरूले आफूहरू आन्दोलनबाट पछि नहट्ने स्पष्ट संकेत दिएका छन्।
राजधानी तेहरानसहित देशका १०० भन्दा बढी सहरमा फैलिएको आन्दोलनका क्रममा फायरिङ, तोडफोड र आगजनीका घटनाहरू भएका छन्। यी घटनामा परी हालसम्म सयौँ मानिसको ज्यान गएको छ।
अमेरिकी संस्था ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी का अनुसार सुरक्षा बल र प्रदर्शनकारीबीच भएको झडपमा हालसम्म ५३८ जनाको मृत्यु भएको छ। मृतकमध्ये ४८ जना सुरक्षाकर्मी रहेको उक्त संस्थाले जनाएको छ।
तर ईरानको अर्ध–सरकारी समाचार एजेन्सी तस्नीम ले भने १०९ जना सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि गरेको छ। तस्नीमका अनुसार इस्फहान क्षेत्रमा मात्र ३० जना सुरक्षाकर्मी मारिएका छन्। यद्यपि प्रदर्शनका क्रममा मारिएका प्रदर्शनकारीहरूको संख्या भने सार्वजनिक गरिएको छैन।
यसैबीच, देशभरबाट १० हजार ६७० जनालाई पक्राउ गरिएको सरकारी स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ। बढ्दो महँगी, बेरोजगारी र आर्थिक संकटको विरोधमा सुरु भएको आन्दोलनले अहिले व्यापक राजनीतिक र सामाजिक असन्तोषको रूप लिएको विश्लेषण गरिएको छ।
ईरानमा खामिनेइ विरुद्धको आन्दोलन उग्र, झडपमा ५ सयभन्दा बढीको मृत्यु
- अन्तर्राष्ट्रिय, समाचार
- ७ महिना अगाडि
- 0 Comments
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल
- 17 views
धनुषामा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता, अफवाह फैलाउने गतिविधि निरुत्साहित गर्ने निर्णय
- 21 views
देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने
- 16 views
सुनसरी घटनापछि हिन्दुवादी संगठन एकजुट, ‘संयुक्त हिन्दू मोर्चा’ गठन; हिन्दू राष्ट्र घोषणा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी
- 24 views
प्रदर्शन चर्किएपछि जनकपुर उपमहानगरपालिकाभित्र अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी
- 19 views
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र कडा कारबाहीको माग गर्दै हिन्दु सम्राट नेपालको मागपत्र
- 22 views
सुनसरी घटनामा न्यायको माग गर्दै राजधानीमा प्रदर्शन, विनय यादवले आमरण अनशन बस्ने चेतावनी
- 26 views


















