आन्दोलनको कार्यक्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले बन्दको कार्यक्रम फिर्ता

१९ जेठ, काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ ।

आन्दोलनको कार्यक्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले जेठ १९ गतेलाई तोकिएको बन्दको कार्यक्रम फिर्ता लिइएको हो ।समितिका संयोजक नवराज सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरु रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ ।’

आइतबार काठमाडौंमा गरेको प्रदर्शनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा नेताहरुले उपत्यका बन्द गर्ने घोषणा गरेका थिए । तर ती सबै नेताहरुलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको थियो । त्यसैले बन्द पनि फिर्ता लिइएको संयुक्त जनआन्दोलन समितिले जनाएको छ ।

संयुक्त जनआन्दोलन समितिमा रहेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बन्द हड्ताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा रहेको भन्दै उपत्यका बन्दको कार्यक्रममा राप्रपा सहभागी नहुने जनाएका थिए ।

सम्बन्धित समाचारहरु

एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

Read more

रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

Read more

Leave a Reply