मैथिली भाषा आफ्नो पहिचान र गौरवको विषय : उपसभामुख ठाकुर

२८ जेठ, काठमाडौ । प्रतिनिधिसभाकी उपसभामुख रुबि कुमारी ठाकुरले मैथिली आफ्नो मातृभाषा र मधेस जन्मभूमि भएकाले त्यसप्रति आफूलाई गर्व रहेको बताएकी छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उपसभामुख ठाकुरले शुद्ध नेपाली बोल्ने प्रयास निरन्तर गरिरहेको उल्लेख गरेकी छन्। आफ्नो बोली, लवज र अभिव्यक्तिमा मैथिली भाषाको प्रभाव देखिनु स्वाभाविक रहेको उनको भनाइ छ।
उनले मातृभाषा केवल संवादको माध्यम मात्र नभई पहिचान, संस्कृति, सभ्यता, इतिहास र आत्मासँग जोडिएको अमूल्य सम्पदा भएको उल्लेख गरेकी छन्। मातृभाषालाई गर्वका साथ अपनाउने र जीवनभर सम्मान गरिरहने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन्।
उपसभामुख ठाकुरको भनाइलाई भाषिक विविधता, मातृभाषाप्रतिको सम्मान र सांस्कृतिक पहिचानको पक्षमा आएको अभिव्यक्तिका रूपमा हेरिएको छ। नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले सबै भाषा र संस्कृतिप्रति सम्मान आवश्यक रहेको उनको सन्देश छ।

  • सम्बन्धित समाचारहरु

    बीपी राजमार्गमा बस दुर्घटना, सात जनाको शव निकालियो

    Read more

    मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्छ : अर्थमन्त्री

    Read more