ट्रम्पको दाबी इरानद्वारा खण्डन, भन्यो– ‘अमेरिकासँग कुनै अन्तिम सम्झौता भएको छैन’

२९ जेठ , काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  ले इरानसँग सम्झौता हुन लागेको दाबी गरेपछि इरानले उक्त दाबीलाई अस्वीकार गरेको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इसमाइली ले अमेरिका र इरानबीच कुनै अन्तिम सम्झौता नभएको स्पष्ट गर्दै यससम्बन्धी समाचारहरू केवल अड्कलबाजी मात्र भएको बताएका छन्।
इरानी सरकारी समाचार एजेन्सी इरान का अनुसार बघईले भने, “इरानले अहिलेसम्म कुनै पनि सम्झौताबारे अन्तिम निर्णय गरेको छैन। हामी आफ्ना ‘रेड लाइन’ अर्थात् राष्ट्रिय हित र मूलभूत अडानमा कुनै सम्झौता गर्ने छैनौं।”
उनले हालै भारतीय व्यावसायिक जहाजहरूमाथि भएको अमेरिकी आक्रमणको समेत निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदायलाई अमेरिकालाई जवाफदेही बनाउन आग्रह गरेका छन्।
ट्रम्पले इरानसँग सम्भावित सम्झौताबारे सकारात्मक संकेत दिए पनि तेहरानले भने आफ्नो अडान यथावत् रहेको र राष्ट्रिय हितविपरीत कुनै पनि सहमति स्वीकार नगर्ने स्पष्ट पारेको छ।

  • सम्बन्धित समाचारहरु

    तीन मन्त्रालय एकीकरणपछि पनि मन्त्रीको सचिवालयमा ३९ जना राख्ने प्रस्ताव

    Read more

    प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    Read more