घुसमुक्त वातावरणको प्रतिबद्धता: अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले को निजी क्षेत्रलाई आश्वासन

१६ चैत , काठमाडौ ।  अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले अब कामका लागि निजी क्षेत्रले घुस खुवाउनुपर्ने अवस्था अन्त्य हुने बताएका छन्। सोमबार नेपाल उद्योग वाणिज्य महासंघ का प्रतिनिधिहरूसँगको भेटघाटमा उनले सरकार निजी क्षेत्रको सहयात्री बनेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले स्पष्ट शब्दमा भने, “म आफैं घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ। म अर्थतन्त्रको जहाजलाई सही दिशामा मोडेर देशलाई नयाँ गति दिन आएको हुँ।”
उनले निजी क्षेत्रलाई ढुक्क भएर लगानी विस्तार र रोजगारी सिर्जनामा केन्द्रित हुन आग्रह गर्दै सरकारले कुनै पनि बहानामा व्यवसायीहरूलाई दुःख नदिने बताए। लामो समयदेखि उठ्दै आएको व्यावसायिक कसुरमा थुनामा राख्ने अभ्यास अन्त्य गर्दै अब आर्थिक बेइमानीका मामिलामा आर्थिक जरिवानामार्फत समाधान गर्ने नीति अपनाइने उनको भनाइ छ।
अर्थमन्त्री वाग्लेले सानातिना प्राविधिक वा आर्थिक त्रुटिका आधारमा उद्योगी–व्यापारीलाई थुनिनु नपर्ने व्यवस्था गरिने स्पष्ट पार्दै दण्ड प्रणालीलाई समयानुकूल परिमार्जन गरिने बताए।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more