मन्त्रालयको निर्देशन: भर्नाअघि कुनै पनि तयारी कक्षा सञ्चालन निषेध

१५ चैत, काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन गरिँदै आएका ‘एण्ट्रेन्स प्रिपरेशन’ (Entrance Preparation) कक्षा र ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यस्ता कक्षाले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्ने, शिक्षामा समान पहुँचमा बाधा पुर्‍याउने तथा अभिभावकमाथि अनावश्यक आर्थिक भार थप्ने देखिएकाले प्रतिबन्ध लगाइएको हो ।
निर्णयअनुसार आगामी २०८३ साल वैशाख १ गतेदेखि देशभर यस्ता कार्यक्रमहरू सञ्चालन गर्न नपाइनेछ । यसअघि नै सञ्चालन भइरहेका कक्षाहरू पनि सोही मितिदेखि पूर्ण रूपमा बन्द गर्न निर्देशन दिइएको छ ।
मन्त्रालयले सम्बन्धित निकाय र जिल्ला प्रशासन कार्यालयहरूलाई उक्त निर्णय कार्यान्वयन गराउन निर्देशन दिँदै यदि आदेश उल्लंघन गरी कक्षा सञ्चालन गरेको पाइएमा प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

  • सम्बन्धित समाचारहरु

    गृहमन्त्री गुरुङद्वारा आरोपको खण्डन, “हल्ला र भ्रम” भन्दै तथ्यमा आधारित मूल्यांकनको आग्रह

    Read more

    अमेरिकी उपविदेशमन्त्री कपुर र रवि लामिछानेबीच भेट, राजनीतिक वृत्तमा चासो

    Read more