रास्वपा दुई तिहाइ नजिक, प्रत्यक्ष र समानुपातिक जोड्दा १८० हाराहारी सिट सम्भावना

२३ फागुन, काठमाडौ । रास्वपा दुई तिहाइ नजिक, प्रत्यक्ष र समानुपातिक जोड्दा १८० हाराहारी सिट सम्भावना
काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा  रास्वपा प्रत्यक्ष र समानुपातिक दुवै सिट जोड्दा दुई तिहाइ बहुमत नजिक पुगेको देखिएको छ।
हालसम्मको परिणामअनुसार रास्वपाले प्रत्यक्षतर्फ ५५ सिट जितिसकेको छ भने ६६ स्थानमा अग्रता कायम गरेको छ। यस आधारमा प्रत्यक्षतर्फ उसले कम्तीमा १२१ सिट जित्ने सम्भावना बलियो देखिएको छ। अग्रता नभएका करिब ३० क्षेत्रमा पनि केही स्थानमा अन्तिम परिणाम आफ्नो पक्षमा पार्न सक्ने अनुमान गरिएको छ।
समानुपातिकतर्फ देशभर करिब ८ लाख मत गणना भइसकेको छ। हालसम्म रास्वपाले करिब ४ लाख ११ हजार मत प्राप्त गरेको छ, जुन करिब ५१ प्रतिशत हुन आउँछ।
यस्तै Nepali Congressले करिब १ लाख ३८ हजार अर्थात् १७ प्रतिशत हाराहारी मत पाएको छ भने Communist Party of Nepal (Unified Marxist–Leninist) (एमाले) ले करिब १ लाख १० हजार अर्थात् झन्डै १३.५ प्रतिशत मत प्राप्त गरेको छ।
यी बाहेक Communist Party of Nepal र Rastriya Prajatantra Partyले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेका छन् भने श्रम संस्कृति पार्टीले २ प्रतिशतभन्दा कम मत पाएकाले थ्रेसहोल्ड कटाउन सकेको छैन। अन्य दलहरूको मत अनुपात अझ कम रहेको छ।
निर्वाचन आयोगले अपनाउने समानुपातिक गणना पद्धतिअनुसार हालको मत अनुपात कायम रहेमा रास्वपाले समानुपातिकतर्फ करिब ६१–६२ सिट पाउने देखिएको छ। सोही आधारमा कांग्रेसले करिब २१, एमालेले १६, नेकपाले ८ र राप्रपाले ४ सिट पाउने अनुमान गरिएको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्छ। हालसम्मको गणनाको आधारमा रास्वपाले प्रत्यक्षतर्फ करिब १२१ र समानुपातिकतर्फ ६१–६२ सिट प्राप्त गर्न सक्ने देखिएकाले उसले दुई तिहाइ बहुमतको नजिक पुग्ने संकेत देखिएको छ।
प्रतिनिधिसभामा दुई तिहाइ बहुमतको विशेष महत्त्व हुन्छ। संवैधानिक पदाधिकारीविरुद्ध महाभियोग प्रस्ताव तथा संविधान संशोधन जस्ता निर्णयका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ। यस्ता प्रस्ताव पारित गर्न भने प्रतिनिधिसभासँगै राष्ट्रिय सभामा पनि दुई तिहाइ समर्थन आवश्यक हुन्छ।

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more