झापा–५ बाट बालेन शाह विजयी, केपी शर्मा ओली पराजित

२३ फागुन, झापा। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता Balen Shah विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका प्रमुख प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री K. P. Sharma Oliले १८ हजार ७३४ मत प्राप्त गरेका छन्।
यससँगै शाहले ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका छन्। उक्त मतान्तरलाई यस निर्वाचनकै उल्लेखनीय अन्तरमध्ये एक मानिएको छ।
ओली झापा–५ बाट दोस्रो पटक पराजित भएका हुन्। यसअघि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी तत्कालीन नेकपा माओवादीका Bishwadeep Lingdenसँग पराजित भएका थिए। यसपटक भने उनले रास्वपाका शाहसँग हार व्यहोर्नु परेको हो।
एक समय आफ्नो क्षेत्रमा ‘एमालेबाट जुत्ता उठाए पनि चुनाव जितिन्छ’ भन्ने आत्मविश्वास व्यक्त गर्ने ओली यसपटक भने कडा प्रतिस्पर्धामा परेका थिए। निर्वाचन परिणामसँगै झापा–५ मा रास्वपाले उल्लेखनीय जित दर्ता गरेको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more