गौर मा कर्फ्यु लम्बियो, सुरक्षा सतर्कता कडाइ

१० फागुन, गौर। रौतहट — दुई समुदायबीचको सामान्य भनाभन उग्र साम्प्रदायिक झडपमा परिणत भएपछि गौर नगर क्षेत्र तनावग्रस्त बनेको छ। फागुन ७ गतेदेखि बिग्रिएको सुरक्षा अवस्था नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यु आदेश जारी गर्दै सेना परिचालन गरेको जनाएको छ।
तोडफोड, आगजनी र ढुंगा हानाहानका घटना बढ्दै गएपछि प्रशासनले कडा सुरक्षा व्यवस्था अपनाएको हो। आइतबार बिहान केही घण्टाका लागि कर्फ्यु आंशिक रूपमा खुकुलो पारिए पनि बिहान ८:३० बजेदेखि पुनः कडाइका साथ लागू गरिएको छ। प्रशासनले सर्वसाधारणलाई कर्फ्युको पूर्ण पालना गर्न आग्रह गरेको छ।
घटनालाई भड्काएको आरोपमा हालसम्म २० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा शेख जमशेद समेत रहेका छन्। सुरक्षा निकायले शान्ति–सुरक्षा कायम गर्न आवश्यक सबै कदम चालिने र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more