पाठेघर उपचाररत महिलाको मृत्यु, गोदावरी मोडर्न टिचिङ्ग हस्पिटलमा तनाव

माघ १५, जनकपुरधाम।  जनकपुरधाम–८ स्थित गोदावरी मोडर्न टिचिङ्ग हस्पिटल प्रा.लि.मा उपचाररत एक महिलाको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ।
पाठेघरसम्बन्धी समस्या लिएर उपचार गराइरहेकी करिब ४० वर्षीया निर्मला देवी यादवको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। घटनापछि मृतकका आफन्तहरूले चिकित्सकीय लापरबाही भएको आरोप लगाउँदै अस्पताल प्रशासनविरुद्ध नाराबाजी गरेका छन्।
आक्रोशित आफन्त तथा स्थानीय बासिन्दा अस्पताल परिसरमा भेला भएपछि सम्भावित अप्रिय घटना हुन नदिन बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। हाल स्थिति नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
यता घटनापछि अस्पताल क्षेत्रमा तनाव कायम रहेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ।

  • सम्बन्धित समाचारहरु

    तीन मन्त्रालय एकीकरणपछि पनि मन्त्रीको सचिवालयमा ३९ जना राख्ने प्रस्ताव

    Read more

    प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    Read more