शहीद दुर्गानन्द झाको स्मारकस्थलमा पुगे विमलेन्द्र निधि

माघ १५, जनकपुरधाम। धनुषा निर्वाचन क्षेत्र नम्बर ३  का उम्मेदवार विमलेन्द्र निधि शहीद दुर्गानन्द झाको बलिदान दिवसका अवसरमा उनको स्मारकस्थल पुगेका छन्।

बलिदान दिवसको अवसरमा आयोजित कार्यक्रममा निधिले शहीद झाप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्र र जनअधिकारका लागि उनले दिएको योगदानको स्मरण गरे। उनले शहीदहरूको त्याग र बलिदानकै कारण मुलुकमा लोकतान्त्रिक व्यवस्था स्थापित भएको उल्लेख गर्दै उनीहरूको आदर्शलाई व्यवहारमा उतार्नुपर्ने धारणा राखे।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पार्टी कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। सहभागीहरूले शहीद झाको योगदानको चर्चा गर्दै उनको स्मृतिमा दीप प्रज्वलन तथा पुष्प अर्पण गरेका थिए।
शहीद दुर्गानन्द झाले तत्कालीन निरंकुश व्यवस्थाविरुद्ध संघर्ष गर्दै प्राण आहुति दिएका थिए। प्रत्येक वर्ष उनको बलिदान दिवसमा स्मारकस्थलमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिँदै आएको छ।

  • सम्बन्धित समाचारहरु

    तीन मन्त्रालय एकीकरणपछि पनि मन्त्रीको सचिवालयमा ३९ जना राख्ने प्रस्ताव

    Read more

    प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    Read more