रविसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्न अदालतको अस्वीकार

माघ १५ गते,काठमाडौ । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तत्काल फिर्ता गर्न अस्वीकार गरेको छ।
महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीसम्बन्धी अभियोग यथावत् राख्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने निर्णय कार्यान्वयनका लागि जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा निवेदन दिएको थियो। उक्त निवेदन कार्यान्वयन नगर्ने निर्णय अदालतले गरेको हो।
रुपन्देही जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार सो विषयमा सर्वोच्च अदालतमा रिट निवेदन विचाराधीन रहेकाले त्यसको टुंगो नलागेसम्म मुद्दा फिर्तासम्बन्धी निवेदन अघि नबढाउने आदेश भएको छ।
माघ ६ गते न्यायाधीश श्यामलाल घिमिरेको इजलासले “उक्त विषयमा सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेको देखिएकाले त्यससम्बन्धी अन्तरिम आदेशको अन्तिम टुंगो लागेपछि मात्र पेश गर्नू” भन्ने आदेश दिएको बताइएको छ।
यससँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने प्रक्रिया तत्कालका लागि रोकिएको छ।

  • सम्बन्धित समाचारहरु

    तीन मन्त्रालय एकीकरणपछि पनि मन्त्रीको सचिवालयमा ३९ जना राख्ने प्रस्ताव

    Read more

    प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    Read more