जसपा नेपाल र लोसपा नेपालबीच एकीकरण सम्पन्न

पुस २७, काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच औपचारिक रूपमा एकीकरण सम्पन्न भएको छ।
एकीकरणपछि नयाँ दलको संरचनाअनुसार मा. महन्थ ठाकुरलाई संरक्षक तथा मा. उपेन्द्र यादवलाई अध्यक्ष चयन गरिएको छ। पार्टीको चुनाव चिन्ह ‘छाता छाप’ रहने निर्णय गरिएको छ भने झण्डा लोसपा नेपालले प्रयोग गर्दै आएको झण्डा नै कायम रहने छ।

नेतृत्व तहका अनुसार मधेशकेन्द्रित राजनीति, संघीयता, समावेशी लोकतन्त्र र पहिचानका मुद्दालाई सशक्त रूपमा अघि बढाउने उद्देश्यका साथ एकीकरण गरिएको हो। दुई पार्टीबीचको लामो समयदेखिको संवाद र सहमतिपछि यो एकीकरण सम्भव भएको नेताहरूले बताएका छन्।

  • सम्बन्धित समाचारहरु

    मूल्यवृद्धि र ग्यास अभावविरुद्ध असोज ६ गते आयल निगम घेराउ गर्ने अग्रगामी युवा मोर्चाको घोषणा

    Read more

    लिङ्देनको चेतावनी : ‘देश जुनसुकै बेला दुर्घटनामा जान सक्ने जोखिम बढ्यो’

    Read more