गोडैताका दुई वडालाई बालबिवाहमुक्त घोषणा

मंसिर २५, सर्लाही  गोडैता नगरपालिकाका दुई वडालाई बालबिवाहमुक्त वडा घोषणा गरिएको छ। पश्चिम सर्लाहीमा अवस्थित गोडैता–१ (बहादुरपुर) र गोडैता–१२ (मधुवनी) लाई आवश्यक मापदण्ड पूरा भएको पुष्टि गरेसँगै नगरपालिका बाल अधिकार समितिले शुक्रबार एकै दिन बालबिवाहमुक्त घोषणा गरेको हो।

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र, सेभ द चिल्ड्रेन र गोडैता नगरपालिकाको सहकार्यमा दुवै वडा कार्यालयमा आयोजित औपचारिक समारोहमार्फत घोषणा सार्वजनिक गरिएको हो। कार्यक्रममा सहभागी अतिथिहरूले वडास्तरमा प्राप्त प्रगतिलाई महत्वपूर्ण उपलब्धि भन्दै अब पालिका नै बालबिवाहमुक्त बनाउन लक्ष्यसहित काम अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

अतिथिहरूले बालबिवाह न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम, समुदाय–विद्यालय समन्वय, अभिभावक शिक्षाजस्ता गतिविधि अझै सशक्त रूपमा विस्तार गर्नुपर्ने उल्लेख गरे। स्थानीय तहका प्रतिनिधिहरूले घोषणापछि अनुगमन प्रणालीलाई नियमित र प्रभावकारी बनाइने तथा वैवाहिक उमेर प्रमाणिकरण प्रक्रियामा कडाइका साथ नियम लागू गरिने गोडैता -१२ का वार्ड अध्यक्ष केसव यादवले  जानकारी दिए।

  • सम्बन्धित समाचारहरु

    रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

    Read more

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more