अपहरणसम्बन्धी मुद्दामा एमाले नेता शिवशंकर साह ‘हिरा’ पक्राउ, समुदायले निष्पक्ष छानबिनको माग

मंसिर २६, जनकपुरधाम।  जनकपुरका एमाले नेता शिवशंकर साह ‘हिरा’ अपहरणसम्बन्धी उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको नवीन तथ्य सार्वजनिक भएपछि घटना नयाँ मोडमा प्रवेश गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई मंगलबार सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको हो।

यसअघि राष्ट्रिय दैनिक कान्तिपुरसहित केही स्थानीय सञ्चारमाध्यमहरूले उनलाई नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको उल्लेख गर्दै समाचार प्रकाशन गरेका थिए। तर प्रहरीको पछिल्लो विवरणले अपहरणसम्बन्धी मुद्दा नै मुख्य आधार भएको स्पष्ट पारेको छ।यस घटनाले स्थानीय राजनीतिदेखि सामाजिक क्षेत्रमा चासो बढाउँदै गएको छ।

समुदायको विज्ञप्ति: ‘अनुसन्धान पूरा नहुँदै कसैलाई दोषी नठहराइयोस्’घटनापछि कलवार समुदायका प्रतिनिधिहरूले एक विज्ञप्ति जारी गर्दै आरोप अत्यन्त संवेदनशील भएकाले निष्पक्ष र व्यावसायिक अनुसन्धान आवश्यक भएको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, “बलात्कार जघन्य अपराध हो। दोषीमाथि कडा कारबाही हुनुपर्छ। तर कुनै निर्दोष व्यक्तिलाई झुठा मुद्दा लगाएर फसाउने कार्य भयो भने समुदायको तर्फबाट कडा विरोध हुनेछ।”

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा विषयलाई अतिरञ्जित गर्दै व्यक्ति पहिल्यै दोषी ठहर गरिएको जस्तो वातावरण सिर्जना नगर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ।

विज्ञप्तिमा संगठनले छानबिन प्रक्रियामा आवश्यक सहयोग गर्ने उल्लेख गर्दै वास्तविक दोषीमाथि कारबाही र निर्दोषको संरक्षण गर्न राज्य संयन्त्र जिम्मेवार हुनुपर्ने माग गरेको छ।विज्ञप्ति कलवार समुदायका केन्द्रीय महासचिव शिवशंकर साह (मुन्ना)द्वारा जारी गरिएको हो। प्रहरीले भने घटनाबारेको प्रारम्भिक विवरण मात्र सार्वजनिक भएको र थप अनुसन्धान जारी रहेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

    Read more

    सुनसरी घटनामा न्यायको माग गर्दै राजधानीमा प्रदर्शन, विनय यादवले आमरण अनशन बस्ने चेतावनी

    Read more