असोज ६, पनौती। काभ्रेपलान्चोकको पनौती नगरपालिका–१२, गागलमा श्रीमती मनिषा घ्यावा तामाङ (जमुना)को हत्या गरी शव खाल्डोमा पुरिएको प्रकरण सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख कोमल शाहले जानकारी दिनुभयो कि हत्याको आरोपबाट जोगिन सन्तबहादुर तामाङ कारागार फर्किएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा असोज २ गते राति श्रीमान–श्रीमतीबीच परपुरुष सम्बन्धी शंकाको विषयमा झगडा भएको थियो। प्रहरीका अनुसार सन्तबहादुर तामाङले उक्त झगडामा श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको प्रारम्भिक निष्कर्षमा आएको छ।
सन्तबहादुर तामाङ मृत्युपछि घर नजिकैको करेसा बारीमा खाल्डो खनी शव पुरेर, असोज ३ गते नख्खु कारागारमा उपस्थित भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी मिन बहादुर घलेले जानकारी दिनुभयो।जिल्ला प्रहरी कार्यालयले घटनाको पूर्ण अनुसन्धान जारी राखेको र दोषीलाई कारबाहीका लागि आवश्यक कदम चालिने जनाएको छ।




















