जनकपुर लोकसेवा आयोग तोडफोड प्रकरण : लुटिएको SLR राइफल प्रहरीले फेला पार्‍याे

भदौ ३० , जनकपुरधाम।— जेन–जेड आन्दोलनको क्रममा भएको तोडफोड तथा लुटपाट घटनामा प्रयोग भएको S.L.R राइफल प्रहरीले फेला पारेको छ।

मिति २०८२ भदौ २४ गते बेलुकी करिब ७ बजे धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका–९ मा अवस्थित मधेश प्रदेश लोकसेवा आयोग कार्यालयमा करिब ५०–६० जनाको समूह प्रवेश गरी कार्यालय तोडफोड तथा आगजनी गरेको थियो। सो क्रममा कार्यालयमा रहेको चारपांग्रे सवारीसाधन, मोटरसाइकल, CCTV क्यामरा लगायतका सामग्री नष्ट गरिएको थियो। साथै, कार्यालय सुरक्षा जिम्मेवारीमा खटिएको नेपाल प्रहरीले प्रयोग गर्ने S.L.R राइफल १ थान र करिब ५० राउण्ड गोली समेत लुटपाट गरी लगिएको थियो।

घटनापछि अनुसन्धानका क्रममा विभिन्न स्थानका CCTV फुटेज विश्लेषण गरी प्रहरीले खोजतलास कार्य अघि बढाएको थियो। सोही क्रममा मिति २०८२ भदौ ३० गते बिहान ११ बजे जनकपुर उपमहानगरपालिका–९ का गणेश यादवका छोरा ३७ वर्षीय मनिष कुमार अधिकारी र सोही स्थानका राजकिशोर यादवका छोरा २१ वर्षीय सन्तोष कुमार यादवको साथबाट लुटिएको S.L.R राइफल १ थान फेला पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

फेला पारिएको हतियार प्रहरी नियन्त्रणमा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ। प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरुको पहिचान र पक्राउ प्रक्रिया जारी छ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more