भदौ १६, उदयपुर। उदयपुर जिल्लाको बेलका नगरपालिका २ मा सञ्चालित कन्चनजंगामा हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङकाका प्रधानाध्यापक ४७ वर्षीय युवराज श्रेष्ठलाई आफ्नै विद्यालयमा अध्ययन गर्ने १४ बर्षिया बालिका बलात्कार गरेको आरोपमा उदयपुर प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईँका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट आरोपित श्रेष्ठले बोडिङ्गकै कोठामा बालिकालाई बलात्कार गरेको खुलेको छ । बालिकालाई जबरजस्ती करणी गरेको हुँदा आवश्यक कारबाही गरी पाउँ भनी बालिकाको आफन्तबाट इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा उजुरी दिएपछि श्रेष्ठलाई थप अनुसन्धानका पक्राउ गरिएको हो ।पक्राउ गरिएका श्रेष्ठलाई हाल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

















