लोसपा नेपालले तराई–मधेशका समस्या समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण

भादौ १२, काठमाडौ ।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले तराई–मधेशका किसान, सर्वसाधारण र स्थानीय समस्या समाधानका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । भदौ ८ र ९ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले विभिन्न महत्वपूर्ण निर्णय गर्दै विज्ञप्ति जारी गरेको हो ।

बैठकले पार्टीको केन्द्रीय महाधिवेशन २०८२ साल चैत ६ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको छ । साथै, हालैको बाढी–पहिरोले तराई–मधेशका जिल्लामा किसानको खेतीबालीमा पु¥याएको क्षतिको तत्काल राहत र क्षतिपूर्ति घोषणा गर्न सरकारलाई माग गरेको छ ।

त्यस्तै, मधेश प्रदेशका विभिन्न जिल्लामा खानेपानीको गम्भीर संकटका कारण नागरिकको जीवन कष्टकर बनेको भन्दै बैठकले सरकारले तत्काल पानी आपूर्ति व्यवस्थापनका लागि ठोस पहल गर्नुपर्ने निर्णय गरेको छ ।

बैठकले तराई–मधेशमा देखिएको दीर्घकालीन बाढी समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकतामा चुरे संरक्षण तथा जलाधार क्षेत्र व्यवस्थापनलाई राख्नुपर्नेमा जोड दिएको छ । यसका लागि संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर कार्ययोजना बनाउनुपर्नेमा पनि बैठकले जोड दिएको छ ।

त्यसैगरी, तराई–मधेशका जिल्लामा बढ्दो लुटपाट, चोरी, डकैती र हत्या जस्ता घटनाबारे बैठकले गम्भीर चिन्ता व्यक्त गर्दै संघीय सरकार र कानुनी राज्यलाई सचेत गराएको छ । लोसपाले सर्वसाधारणको जीवन र सम्पत्तिको सुरक्षालाई सुनिश्चित गर्न तत्काल कडा कदम चाल्नुपर्ने माग गरेको छ ।

 

 

  • सम्बन्धित समाचारहरु

    अडियो प्रकरणमा धनुषाका वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइयो

    Read more

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more