सुनको मूल्यमा नयाँ रेकर्ड कायम

२० साउन, काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । मंगलबार सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यसअघि वैशाख ९ गतेको मूल्य रेकर्ड आज तोडिएको छ । वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन मूल्य प्रतितोला १ हजरा ९ सय रुपैयाँ बढेको हो ।

अघिल्लो दिन १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२५५ रुपैयाँमा कारोबार भएको चाँदी आज २२८० रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचारहरु

इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

Read more

पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

Read more

Leave a Reply