सुनको मूल्यमा नयाँ रेकर्ड कायम

२० साउन, काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । मंगलबार सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यसअघि वैशाख ९ गतेको मूल्य रेकर्ड आज तोडिएको छ । वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन मूल्य प्रतितोला १ हजरा ९ सय रुपैयाँ बढेको हो ।

अघिल्लो दिन १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२५५ रुपैयाँमा कारोबार भएको चाँदी आज २२८० रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचारहरु

चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई लिएर सरकार उच्च सतर्कतामा

Read more

जनकपुरधामको विकासका लागि लालबाबु मिश्राले अघि सारे पाँच प्रमुख प्राथमिकता

Read more

Leave a Reply