श्रावण ८, सबैला । बिजि न्युज रिपोर्टर—- धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर १० स्थित खरिहानी टोलको बतहा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ। स्थानीय खुसिया कापरका अन्दाजी १० वर्षीय छोरा (सचिन कापरका छोरा)को पोखरीमा डुबेर मृत्यु भएको स्थानीय ले जानकारी दिएका छन।
बुधबारदेखि बेपत्ता भएका बालक पोखरीमा मृत अवस्थामा फेला परेका छन् ।बिहीबार बिहान १० बजेतिर बालक घर नजिकैको पोखरीमा डुबेर तैरिहेको अवस्थामा मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
खोजलास गर्ने क्रममा बिहीबार बिहान उनको शव पोखरीमा फेला परेको हो । गर्मी छल्न पोखरीमा नुहाउन पस्दा डुबेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
बालकको असामयिक निधनले सम्पूर्ण खरिहानी बस्ती शोकमा डुबेको छ। परिवार शोकाकुल अवस्थामा छ भने छिमेकीहरू पीडामा सहभागी भइरहेका छन ।
















