धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

८ साउन, जनकपुरधाम । धनुषामा विद्युतीय मोटर चलाएर खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ ।

धनुषाको हंसपुर नगरपालिका-३ मलहनिया बस्ने ६० वर्षीय असर्फी महराको मृत्यु भएको हो ।

बुधबार दिउँसो पौने ४ बजेतिर आफ्नै खेतमा पानी सिँचाइ गर्ने क्रममा मोटरमा जडान गरिएको तार सर्ट भएर करेन्ट लागेर उनी घाइते भएका थिए ।

उपचारका लागि स्थानीय क्लिनिक हंसपुरमा लगिएकोमा उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

यसअघि बुधबार नै मधेश प्रदेशको रौतहटमा धान खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर दुई जना किसानको मृत्यु भएको थियो ।

मधेशमा खडेरीका कारण किसानहरूले धान रोप्न पाएका छैनन् भने रोपिसकेको धान सुक्न थालेपछि किसानहरूले विकल्पको रूपमा विद्युती मोटरबाट सिँचाइ गरिरहेका छन् । विद्युतीय मोटर प्रयोगमा सावधानी अपनाउन नसक्दा करेन्ट लागेर मधेशमा दिनहुँ जसो किसानले ज्यान गुमाइरहेका छन् ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    Leave a Reply