कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सकियो, साउन अन्तिम साता नतिजा सार्वजनिक गर्ने तयारी

श्रावण ५, काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को उत्तरपुस्तिका मूल्यांकनको कार्य सम्पन्न गरेको छ। बोर्डका अनुसार हाल परीक्षा परिणाम तयारीको अन्तिम चरणमा पुगेको छ र साउनको अन्तिम साता परिणाम सार्वजनिक गर्ने लक्ष्यसहित इन्ट्री तथा डेटा परीक्षणको कार्य तीव्र गतिमा भइरहेको छ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिँदै भने, “देशभरका मूल्यांकन केन्द्रहरूबाट प्राप्त उत्तरपुस्तिका परीक्षण सकिएको छ। अहिले डिजिटल प्रणालीमा प्राप्तांक इन्ट्री गर्ने काम तीव्र रूपमा अगाडि बढिरहेको छ। यदि प्राविधिक समस्या देखिएन भने साउनको अन्तिम साता भित्र कक्षा १२ को नतिजा सार्वजनिक हुनेछ।”

यस वर्ष कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि जेठ २ गतेसम्म देशभर एकसाथ सञ्चालन गरिएको थियो। उक्त परीक्षामा देशभरबाट करिब पाँच लाख विद्यार्थी सहभागी भएका थिए।

परीक्षा नियन्त्रक शर्माका अनुसार, मूल्यांकन कार्य सफलतापूर्वक सम्पन्न भए पनि सबै विवरणलाई सुक्ष्मरूपमा परीक्षण गरी त्रुटिरहित परिणाम सार्वजनिक गर्ने उद्देश्यले केही समय लाग्न सक्नेछ।

बोर्डले नतिजा सार्वजनिक गरेपछि विद्यार्थीले वेबसाइट, एसएमएस, मोबाइल एपमार्फत नतिजा हेर्न सक्ने व्यवस्था मिलाइने बताइएको छ।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र कडा कारबाहीको माग गर्दै हिन्दु सम्राट नेपालको मागपत्र

    Read more

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more

    Leave a Reply