स्पेन भ्रमणमा गएकाहरूको बारेमा छानबिन गर्न आईजीपीलाई गृहमन्त्रीको निर्देशन

३० असार, काठमाडौं | गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानविन गर्न निर्देशन दिएका छन्। मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई निर्देशन दिएका हुन्।

‘प्रधानमन्त्री ज्यूको प्रतिनिधि मण्डल बाहेक स्पेन को को गए ? कुन विधिप्रक्रिया र कुन संस्थामार्फत् स्पेन भ्रमण गए भन्ने विषय छानविन गर्न निर्देश गरेको छु ,’मन्त्री लेखकले भने,’जानका लागि भिजिट भिषाको प्रबन्ध कस्ले गर्‍यो? लगायतका विषयमा अनुसन्धान हुनेछ ।’

उक्त विषयको गहन छानविनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ । ‘यस विषयमा दोषी देखिएकाहरूलाई कारबाही गरिने छ,’उनले भने । प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए।

प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल असार २० गते फर्किएको थियो। प्रधानमन्त्रीसहित प्रतिनिधिमण्डल फर्किएपछि रास्वपाकी सांसद सोविता गौतमले असार २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री सहभागी स्पेनको भ्रमणमा गएकामध्ये केही व्यक्ति नर्फिएको विषयमा समाचार सार्वजनिक भएको भन्दै संसदको ध्यानाकर्षण गराएका थिइन्।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    Leave a Reply