प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच बिदाइ भेट

१३ असोज , काठमाडौ ।  प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताउनुभएको छ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग बिदाइ भेट गर्नुभएको हो।

भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको बाढीपहिरोलगायत विपद्का समयमा भारत सरकारले गरेको सहयोगप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो। साथै, राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै आगामी जीवनका लागि शुभकामना व्यक्त गर्नुभयो।

भेटका अवसरमा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालका क्रममा नेपालमा विभिन्न विकास परियोजना सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग गर्ने नेपाल सरकार तथा नेपाली जनताप्रति धन्यवाद व्यक्त गर्नुभयो।

नेपालस्थित भारतीय दूतावासका राजदूत श्रीवास्तवले यसअघि पनि नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको थियो।

  • सम्बन्धित समाचारहरु

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन पछि सर्‍यो, असोज १८ गतेदेखि काठमाडौंमा हुने

    Read more

    लालबाबु मिश्रको नेतृत्वमा कांग्रेस जनकपुरधाम नगर समिति, ६६ मतान्तरले विजयी

    Read more