१२ असोज, काठमाडौ । ‘समग्र थरुहट–मधेस जोड्ने अभियान’ सञ्चालन गर्दै आएको हुंकार मधेसले संविधानसभा सदस्य रामकुमार ‘कश्यप’लाई सहजकर्ता र केशवकुमारलाई केन्द्रीय प्रवक्ता तोकेको छ।
हुंकार मधेसले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अभियानको केन्द्रीय अभियानको बैठकबाट सय दिने मेची–महाकाली हुलाकी यात्रा तथा पुनर्जागरण अभियान सम्पन्न भएपछि अभियानले तोकेको योग्यता र मापदण्डका आधारमा संयोजक लगायत अन्य केन्द्रीय संरचना निर्माण गर्ने निर्णय गरिएको छ।
त्यस अवधिसम्म अभियानको तर्फबाट समन्वय, सहज र सम्पर्क गर्ने जिम्मेवारी संविधानसभा सदस्य रामकुमार ‘कश्यप’लाई दिइएको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, अभियानको आधिकारिक धारणा तथा गतिविधिबारे सूचना सम्प्रेषण र जानकारी गराउने उद्देश्यले केशवकुमारलाई प्रवक्ता तोकिएको हुंकार मधेसले जनाएको छ।
यसरी अभियानले आफ्नो मुख्य उद्देश्यअनुसार विभिन्न वर्ग, समुदाय तथा राजनीतिक रूपमा उपेक्षित र पीडित नागरिकलाई अभियानमा जोडिन आह्वानसमेत गरेको छ।


















