६ चैत, जनकपुरधाम। प्रधानमन्त्री सुसिला कार्कीले आफ्नो जनकपुरधाम भ्रमणलाई धार्मिक यात्रा भएको बताएकी छन्।
आज जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्, “यो मेरो धार्मिक यात्रा हो। जानकीजीको दर्शन गर्न आज आएकी हुँ।”
जानकी मन्दिरमा पूजा–अर्चना सम्पन्न गरेपछि प्रधानमन्त्री कार्की आजै महोत्तरीका लागि प्रस्थान गरेकी छन्।
प्रधानमन्त्रीको भ्रमणलाई मध्यनजर गर्दै जनकपुरधाममा उच्च सुरक्षा व्यवस्था मिलाइएको थियो भने मन्दिर परिसरमा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।


















