इरानको कब्जामा नेपाली युवा अमृत झा, सरकारसँग कूटनीतिक पहलको माग

७ फागुन, जनकपुरधाम।  इरानको होर्मुज क्षेत्रबाट एक जना नेपाली नागरिक पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार पक्राउ पर्ने व्यक्ति धनुषाका युवा अमृत झा रहेका छन्।
इरानी सुरक्षाकर्मीको कब्जामा रहेका अमृत झाको अवस्थाबारे परिवार चिन्तित बनेको छ। झाकी दिदी पूजा झाले भाइको सकुशल रिहाइको कामना गर्दै नेपाल सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग गरेकी छन्। “मेरो भाइलाई सुरक्षित रूपमा नेपाल फर्काइयोस्,” उनले भावुक हुँदै भनिन्, “सबै नेपालीले उहाँको सकुशल रिहाइका लागि प्रार्थना गरिदिनुहोस्।”
परिवारले यसअघि हमासको कब्जामा परेका नेपाली युवा विपीन जोशीको घटनालाई स्मरण गर्दै अमृत झाले त्यस्तो पीडा भोग्न नपरोस् भन्ने कामना गरेको छ। उनीहरूले सरकारसँग सक्रिय पहल गरी चाँडोभन्दा चाँडो अमृतलाई स्वदेश फर्काउन आग्रह गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने

    Read more

    रौतहटमा अल्जाइमर रोगबारे सचेतना बढाउन कार्यक्रम

    Read more