गोपाल किरातीको गम्भीर आरोप : ‘मतपेटिका साटेर रास्वपालाई जिताइयो’

७ फागुन, काठमाडौ ।  नेकपा नेता गोपाल किराती ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले मतपेटिका नै साटिएको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई योजनाबद्ध रूपमा जिताइएको आरोप लगाएका हुन्।
किरातीले निर्वाचन प्रक्रियामा बाह्य शक्तिको संलग्नता रहेको दाबी गर्दै यसले नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि प्रत्यक्ष असर पारेको बताएका छन्। उनले निर्वाचनको समग्र प्रक्रिया पारदर्शी नभएको उल्लेख गर्दै निर्वाचन आयोग नेपाल को भूमिकामाथि समेत प्रश्न उठाएका छन्।
“जनताको मतलाई विकृत बनाउने काम भएको छ,” किरातीको भनाइ उद्धृत गर्दै स्रोतहरूले जनाएका छन्, “निर्वाचनमा गम्भीर अनियमितता भएको छ, यसको निष्पक्ष छानबिन हुनुपर्छ।”
उनको यस अभिव्यक्तिपछि देशको राजनीतिक माहोल थप तातेको छ। विपक्षी दलहरूले निर्वाचन परिणामप्रति असन्तुष्टि जनाउँदै पुनः मूल्यांकनको माग गरिरहेका छन् भने सत्तापक्ष र रास्वपाका नेताहरूले भने जनमतको सम्मान गर्नुपर्ने धारणा राखेका छन्।

  • सम्बन्धित समाचारहरु

    सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने

    Read more

    रौतहटमा अल्जाइमर रोगबारे सचेतना बढाउन कार्यक्रम

    Read more