असोज २६, जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आगामी मिति २०८२ असोज २८ गते (शनिबार) प्रदेशसभाबाट विश्वासको मत (Vote of Confidence) लिने भएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधामबाट जारी सूचना अनुसार, संविधानको धारा १८८(२) र प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३(४) बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेको जनाइएको छ।
प्रदेशसभा सचिवालयका अनुसार, मुख्यमन्त्री सिंहले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक असोज २८ गते दिउँसो १ बजेबाट सुरु हुने छ।
यस सूचना मार्फत प्रदेशसभा सदस्यहरू र सम्बन्धित सबै पक्षलाई बैठकमा उपस्थित रहन आग्रह गरिएको छ।
स्मरण रहोस्, हाल मधेश प्रदेशमा राजनीतिक उतारचढावका बीच मुख्यमन्त्री सतिश कुमार सिंहले गठबन्धनको समर्थन सुनिश्चित गर्दै आफ्नो सरकारलाई स्थिरता दिने प्रयास गरिरहेका छन्।
















