बारामा महिलामाथि अमानवीय व्यवहार : बोक्सीको आरोप लगाई अर्धनग्न बनाएर कुटपिट

असोज १६, बारा। बारामा महिलामाथि अमानवीय व्यवहार : बोक्सीको आरोप लगाई अर्धनग्न बनाएर कुटपिट भएको छ।बाराको सुवर्ण गाउँपालिका–८ मझरियामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै गाउँकै व्यक्तिहरूले निर्घात कुटपिट गर्ने अमानवीय घटना बिहीबार सार्वजनिक भएको छ।

पीडित महिलाले आफ्नै निजी जग्गामा जबरजस्ती बाटो खोलिएको भन्दै प्रहरीमा उजुरी दिन जाने क्रममा बाटोमै छेक्दै स्थानीय केही व्यक्तिहरूले उनलाई बोक्सीको लाञ्छना लगाएका थिए। सोही क्रममा आरोपितहरूले पीडितको कपडा च्यात्दै अर्धनग्न बनाएका मात्र नभई उनको कपाल काटेर निर्मम कुटपिट समेत गरेका छन्।

गम्भीर रूपमा घाइते भएकी पीडित महिलाको अहिले उपचार भइरहेको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी अनुसन्धान थालेको जनाएको छ।

 

 

 

 

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more