पेन्सन पट्टा बनाइदिने बहानामा घुस लिने शिक्षक अधिकृत र बिचौलिया दोषी ठहर

साउन १, काठमाडौ । गत सालको माघ महिनामा सेवाग्राहीले किताबखाना अन्तर्गतको शिक्षक सेवा सम्वन्धी पेन्सन प्रक्रिया पूरा गर्न जाँदा घुसको माग भएपछि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए। त्यसपछि अख्तियारले योजनाबद्ध रूपमा निगरानी गर्दै रङ्गेहात घुस लिँदै गरेको अवस्थामा दुबैजनालाई नियन्त्रणमा लिएको थियो।विशेष अदालतका न्यायाधीश द्वय दुर्गा खरेल, शालिग्राम कोइराला र श्रीकृष्ण भट्टराई को इजलासले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम दुवैलाई दोषी ठहर गर्दै  विशेष अदालतले दुवैजनालाई जनही ३ लाख रुपैयाँ जरिवाना र ६/६ महिना कैद सजाय सुनाएको छ।

> “शिक्षक सेवा सम्वन्धी महत्वपूर्ण कागजात प्रदान गर्ने कार्यमा देखिएको अनियमितता र आर्थिक स्वार्थप्रेरित व्यवहारले सेवाग्राहीमा राज्यप्रतिको विश्वासमा क्षति पुर्‍याउँछ। यस्तो कार्यद्वारा भ्रष्टाचार फैलन दिनु हुँदैन।

यस प्रकरणले देखाएको छ कि अझै पनि राज्य संयन्त्रभित्र घुस प्रवृत्ति व्याप्त छ। तर, यस्ता घटनामा समयमै कानुनी कारवाही हुँदा सेवाग्राहीको आत्मविश्वास पुनर्स्थापित हुन्छ। धनेश्वर प्रसाईँ र शम्भु खनालमाथिको कारवाहीले राज्य संयन्त्रमा उत्तरदायित्व र पारदर्शिता आवश्यक रहेको पुष्टि गरेको छ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more

    सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

    Read more

    Leave a Reply