पर्यटन राज्‍यमन्त्री अरूण चौधरीले ५ बजे राजीनामा बुझाउने

२२ काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट पर्यटन राज्‍यमन्त्री बनेका अरूण चौधरीले आज राजीनामा दिने भएका छन् ।

आज ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटार पुगेर राजीनामा बुझाउने तयारी भएको नाउपाका अध्‍यक्ष रन्जिता श्रेष्ठले बताइन् ।

‘हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं,’ उनले  भनिन्, ‘ त्यसकारण आज पर्यटन राज्‍यमन्त्री ज्‍यूले ५ बजे प्रधानमन्त्री ज्‍यूलाई भेटेर राजनीनामा बुझाउनुहुन्छ।’

शनिबारको संसदीय दलको बैठकले नाउपा सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

नाउपाबाट संघीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन् ।

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more

    Leave a Reply