निर्वाचन तयारीका कारण धनुषा प्रशासनका सेवा आंशिक प्रभावित हुने

१० फागुन, जनकपुरधाम। आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका क्रममा जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृतसहितका कर्मचारीहरू निर्वाचन कार्यमा खटिने भएका छन्। यस कारण कार्यालयबाट प्रवाह हुँदै आएका राष्ट्रिय परिचयपत्र, नागरिकता वितरण तथा राहदानीसम्बन्धी सेवामा आंशिक प्रभाव पर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै निर्वाचन कार्यक्रम सम्पन्न नभएसम्म ती सेवाहरू आंशिक रूपमा प्रभावित हुने जानकारी गराएको हो। कार्यालयका अनुसार सेवा प्रवाह पूर्ण रूपमा बन्द नहुने भए पनि कर्मचारीहरूको निर्वाचनमा संलग्नताका कारण सेवाग्राहीले केही ढिलाइ व्यहोर्नुपर्ने हुन सक्छ।
कार्यालयले अत्यावश्यक कामका लागि समय मिलाएर सेवा लिन र सम्भावित असुविधाप्रति सहनशीलता अपनाउन सेवाग्राहीसँग अनुरोध गरेको छ। निर्वाचन सम्पन्न भएसँगै सेवा प्रवाह पुनः नियमित गरिने जनाइएको छ।

  • सम्बन्धित समाचारहरु

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग

    Read more