धनुषाको निर्वाचन स्थलहरुमा आवश्यक परे सात मिनेटभित्रै थप सुरक्षा फौज पुग्ने

१९ फागुन, जनकपुरधाम । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर धनुषाको सुरक्षा व्यवस्था कडा पारिएको छ । जनकपुर विमानस्थल गत १६ फागुनदेखि नेपाली सेनाको सुरक्षाको जिम्मा लगाइएको छ ।

त्यसैगरी नेपाल भारत सीमा क्षेत्रमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल लगायत सुरक्षा निकायका प्रतिनिधिहरूले अनुगमन गरेका छन् ।

धनुषाको चारवटै निर्वाचन क्षेत्रमा ८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी ८ हजार बढी सुरक्षाकर्मी परचालन गरिएको प्रजिअ लुइँटेलले बताए ।

उनका अनुसार जिल्लाको कुनै पनि ठाउँमा निर्वाचन विरोधी गतिविधि भए सात मिनेटभित्र अन्य सुरक्षा फोर्सहरू पुग्ने गरी प्रभावकारी सुरक्षा योजना मिलाइएको छ ।

सम्बन्धित समाचारहरु

एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

Read more

रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

Read more