गुडिरहेको रेलबाट खस्दा एक यात्रुको मृत्यु, ९ जना घाईते

२६ जेठ, जनकपुरधाम । भातरको मुम्बईस्थित ठाणे जिल्लाको मुम्ब्रा रेलवे स्टेसन नजिकै गुडिरहेको ट्रेनबाट १० जना यात्रु खसेका छन् ।

गुडिरहेको रेलबाट यात्रु खस्दा एक जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् ।

सोमबार बिहान ९:२० बजेको समयमा कसरा-एएसएमटीको द्रुत लोकल ट्रेनबाट ती यात्रुहरू खसेको मध्य रेलवेका सीपीआरओ स्वप्निल धनराज नीलाले बताए ।

लोकल ट्रेनका गार्डलाई उदृत गर्दै उनले भने, ‘ठाणेको मुम्ब्रा र दिवा बीचको लोकल ट्रेनमा यात्रा गरिरहेका यात्रुहरू दुर्घटनामा परेका हुन् । सबै घाइतेहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।’

सीपीआरओ स्वप्निलका अनुसार मुम्ब्रा र दिवा रेलवे स्टेसनहरू बीचको डाउन/फास्ट लाइनमा दुर्घटना भएको थियो ।

उनका अनुसार एउटा रेल कसरा तर्फ र अर्को सीएसएमटी तर्फ गइरहेको थियो । दुवै रेलका केही यात्रुहरू फुटबोर्डमा उभिरहेका थिए । ती दुई रेल क्रस हुँदा यात्रुहरू एकआपसमा ठोक्किर रेलबाट तल खसे ।

सीपीआरओले यो टक्कर नभएको तर विपरीत दिशामा गइरहेका दुई रेलको फुटबोर्डमा यात्रा गरिरहेका यात्रुहरू एकअर्कासँग अल्झिएर दुर्घटना भएको स्पष्ट पारेका छन् ।

‘सामान्यतया दुई रेलहरू बीच १.५ देखि २ मिटरको दुरी हुन्छ, तर जब रेल घुमाउरो हुन्छ, यो अलिकति ढल्किन्छ। यो दुर्घटना यही झुकावका कारण भएको हुन सक्छ,’ उनले भने ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more

    Leave a Reply