कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या

२३ जेठ, बुटवल । पश्चिम नवलपरासीको सुनवलमा एक युवकले कोदालो प्रहार गरी दुई जनाको हत्या गरेका छन् ।

सुनवल नगरपालिका–२, अवरैयामा २७ वर्षीय हेमराज थारूले आफ्नै बुबा ५० वर्षीय जयराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हेमराजले बुबा जयराम थारूको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।

हत्याको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान जारी रहेको र हेमराज थारूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखी सोधपुछ भइरहेको पौडेलले जानकारी दिए ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more

    Leave a Reply