३१ जेठ, जनकपुरधाम। जनकपुरधाम उपमहानगर पालिकाले अत्यधिक गर्मी बढेपछि जनकपुरधाम अन्तर्गतका बिद्यालयहरुमा थप ४ दिन विद्यालयमा बिदा दिने निर्णय गरेको छ।
असार १ देखि ४ गते बुधबार सम्म ४ दिन कार्यालयको प्रशासनिक कार्य बाहेक सम्पुर्ण पठन पाठन बन्द रहने गरि बिदा दिएको जनाइएको छ। गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो।
यस अघि पनि अत्यधिक गर्मीकै कारण जेठ २९ र ३० गते बिदा दिएको थियो ।

















