मोटरसाईकलको ठक्करबाट एक बृद्धाको मृत्यु, बिरोधमा सडक अबरुद्ध गर्दै प्रदर्शन

२२ जेठ , जनकपुरधाम । धनुषाको जनकपुर ढल्केबर सडकअन्तर्गत लक्ष्मीनियामा स्थानीयहरूले सडक अवरुद्ध गरेका छन् । आज बिहान ७ बजेदेखि साढे आठ बजेसम्म स्थानीयले टायरबालेर सडक अवरुद्ध गरेका हुन् ।

गत जेठ २० गते बिहान घरबाट खेततर्फ गइरहेको बेला लक्ष्मीनिया गाउँपालिका ७ कि ६५ वर्षीय मरनी देवी महराको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो । मृतकका छोरा मुकेश महराका अनुसार आमा बिहानै खेततर्फ सडक क्रस गरेर जान लागेको बेला दुईजना सवार मोटरसाइकलले ठक्कर दिएर भागेको थियो । उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको थियो ।

तर, अहिलेसम्म दोषी पत्ता लागेको छैन । मधेश सरकार र लक्ष्मीनिया गाउँपालिकाले धेरै स्थानमा सिसीटिभी जडान गरेपनि बिग्रेको कारण दोषी पत्ता नलागेको स्थानीयको गुनासो छ । दोषीलाई पहिचान गरी पक्राउ र क्षतिपूर्तिको माग गर्दै मृतक परिवारसहित स्थानीयले सडक अवरुद्ध गरेका थिए ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more