७ फागुन, जनकपुरधाम। इरानको होर्मुज क्षेत्रबाट एक जना नेपाली नागरिक पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार पक्राउ पर्ने व्यक्ति धनुषाका युवा अमृत झा रहेका छन्।
इरानी सुरक्षाकर्मीको कब्जामा रहेका अमृत झाको अवस्थाबारे परिवार चिन्तित बनेको छ। झाकी दिदी पूजा झाले भाइको सकुशल रिहाइको कामना गर्दै नेपाल सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग गरेकी छन्। “मेरो भाइलाई सुरक्षित रूपमा नेपाल फर्काइयोस्,” उनले भावुक हुँदै भनिन्, “सबै नेपालीले उहाँको सकुशल रिहाइका लागि प्रार्थना गरिदिनुहोस्।”
परिवारले यसअघि हमासको कब्जामा परेका नेपाली युवा विपीन जोशीको घटनालाई स्मरण गर्दै अमृत झाले त्यस्तो पीडा भोग्न नपरोस् भन्ने कामना गरेको छ। उनीहरूले सरकारसँग सक्रिय पहल गरी चाँडोभन्दा चाँडो अमृतलाई स्वदेश फर्काउन आग्रह गरेका छन्।
इरानको कब्जामा नेपाली युवा अमृत झा, सरकारसँग कूटनीतिक पहलको माग
- समाचार
- ६ महिना अगाडि
- 0 Comments
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने
- 22 views
प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनमा नेपालको सबैभन्दा बलियो अन्तर्राष्ट्रिय मुद्दा अहिले जलवायु न्याय बन्न सक्छ
- 31 views
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 57 views
राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग
- 34 views



















