जनकपुरधाममा युवक मृत फेला, स्थानीयमा त्रास

५ चैत, जनकपुरधाम।  — विश्वकर्मा चोकमा एक युवक मृत अवस्थामा फेला परेका छन्। हिजोदेखि असामान्य अवस्थामा भौतारिरहेका ती युवक आज बिहान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार ती युवक अत्यधिक नशाको प्रभावमा हिजोदेखि सोही क्षेत्रमा घुमिरहेका थिए। उनको व्यवहार असामान्य देखिएपछि स्थानीयले चासो व्यक्त गरे पनि आज अचानक मृत अवस्थामा भेटिएपछि क्षेत्रभरि त्रास फैलिएको छ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। हाल मृतकको पहिचान खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more