सिरहा–२ बाट शिवशंकर यादव निर्वाचित

२३ फागुन, सिरहा।  मधेश प्रदेशअन्तर्गत सिरहा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिवशंकर यादव निर्वाचित भएका छन्।
निर्वाचन आयोगको अन्तिम मतपरिणामअनुसार यादवले ३९ हजार ५६२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र यादवले २२ हजार ८२४ मत प्राप्त गरेका छन्।
यसैगरी नेकपा (एकीकृत समाजवादी)का नवीन कुमार यादवले ६ हजार ३७३ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा उम्मेदवार मुति नारायण सिंहले ३ हजार ६८० मत र जनता समाजवादी पार्टी नेपालका सञ्जीव कुमार यादवले ३ हजार ८७ मत प्राप्त गरेका छन्।
अन्तिम मतपरिणामसँगै रास्वपाका यादव फराकिलो मतान्तरसहित सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

  • सम्बन्धित समाचारहरु

    निर्दलीय स्थानीय निर्वाचनको सिफारिस स्वागतयोग्य : युवा नेता प्रवेश चौधरी —

    Read more

    संघीयता सुदृढीकरणको मागसहित जनमत पार्टी सडकमा उत्रिने

    Read more