धनुषा–१ मा रास्वपा उम्मेदवारको उम्मेदवारी खारेजपछि राजनीतिक सरगर्मी बढ्यो

१९ फागुन , जनकपुरधाम।  धनुषा निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएसँगै क्षेत्रीय राजनीति थप तातेको छ। निर्वाचनको अन्तिम चरणमा आएको यो निर्णयले स्थानीय तहमा व्यापक चर्चा र प्रतिक्रिया जन्माएको छ।

साहको उम्मेदवारी खारेज भएपछि रास्वपातर्फ मतदान गर्ने मनसाय बनाएका मतदातामा आक्रोश र निराशा देखिएको छ। कतिपय समर्थकहरूले निर्णयप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जाल तथा स्थानीय जमघटमा विरोध अभिव्यक्त गरिरहेका छन्।

स्थानीय राजनीतिक वृत्तमा भने यस घटनाबाट अन्य दललाई अत्यधिक लाभ पुग्ने आकलन गरिएको छ। रास्वपाको मत आधार विभाजित वा अन्य दलतर्फ सर्न सक्ने सम्भावनाका कारण अन्य दलको पक्षमा मत ध्रुवीकरण हुन सक्ने अनुमान गरिएको हो।

उम्मेद्बारी  खारेजको प्रत्यक्ष प्रभाव अब आउने निर्वाचन परिणाममा देखिन सक्छ। रास्वपाका समर्थक मतदाताले कसलाई समर्थन गर्ने भन्ने निर्णय नै अन्तिम नतिजाको निर्णायक कारक बन्ने देखिएको छ।

निर्वाचन नजिकिँदै जाँदा यस घटनाले धनुषा–१ को प्रतिस्पर्धालाई अझ अनिश्चित र रोचक बनाएको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more