जनकपुरधाममा अन्तरगृह परिक्रमा सम्पन्न, १५ दिने मिथिला माध्यमिकी परिक्रमा समापन

१९ फागुन , जनकपुरधाम। धार्मिक तथा सांस्कृतिक आस्थाको महाकुम्भका रूपमा मानिने अन्तरगृह परिक्रमा मंगलबार जनकपुरधाममा सम्पन्न भएको छ। यससँगै १५ दिनदेखि जारी मिथिला माध्यमिकी परिक्रमा विधिवत् रूपमा समापन भएको छ।
परिक्रमामा हजारौं श्रद्धालु भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बिहानैदेखि परिक्रमा मार्गमा भक्तजनको बाक्लो भीड देखिएको थियो। सहभागीहरूले भजन–कीर्तन गर्दै धार्मिक उल्लासका साथ नगर परिक्रमा गरेका थिए।
मिथिला परम्पराअनुसार विभिन्न मठ–मन्दिर तथा धार्मिक स्थलको परिक्रमा गर्दै सम्पन्न हुने यो धार्मिक यात्राले जनकपुरधामको वातावरण भक्तिमय बनाएको थियो। विशेषतः जनकपुरधामका प्रमुख धार्मिक क्षेत्र वरपर दिनभर चहलपहल देखिएको थियो।
परिक्रमाका क्रममा विभिन्न सामाजिक संघ–संस्था तथा सेवाभावी समूहहरूले निःशुल्क पानी, प्रसाद, भोजन तथा स्वास्थ्य उपचार सेवा उपलब्ध गराएका थिए। यसले धार्मिक यात्रालाई सहज बनाउन सहयोग पुगेको आयोजकहरूले बताएका छन्।
यसैबीच स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पार्नुका साथै ट्राफिक व्यवस्थापनमा विशेष सतर्कता अपनाएको थियो। कुनै अप्रिय घटना नहोस भन्ने उद्देश्यले सुरक्षाकर्मीहरू विभिन्न स्थानमा परिचालन गरिएको थियो।
धार्मिक सहिष्णुता, सामाजिक एकता र सद्भावको सन्देश बोकेको यस परिक्रमाले जनकपुरधामको धार्मिक माहोललाई थप उल्लासमय बनाएको सहभागीहरूले बताएका छन्।

  • सम्बन्धित समाचारहरु

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more

    मैले लगानी गरेको रकम ऋणबाट जुटाइएको हो : गृहमन्त्री गुरुङ

    Read more