राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा धनुषामा जिम्मेवारी हस्तान्तरण

३ फागुन, जनकपुरधाम।  — जनकपुरधाम उपमहानगरपालिका–९ वंशी चोकमा आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न तहका नेताहरूलाई पदीय जिम्मेवारीको पत्र हस्तान्तरण गरेको छ।
जिल्ला सभापति लक्ष्मेश्वर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय निर्वाचन सम्पादन समिति धनुषा २०८२ को संयोजक पदमा जितेन्द्र महासेठ तथा उपसंयोजक पदमा सुन्डेश्वर यादवलाई नियुक्त गरिएको घोषणा गरिएको हो।
त्यसैगरी, धनुषा निर्वाचन क्षेत्रअन्तर्गत क्षेत्रीय RAT संयोजकमा क्रमशः धनुषा–२ मा राधे यादव, धनुषा–३ मा धर्मनाथ मण्डल र धनुषा–४ मा मनोज कुमार साह (मुरारी) लाई जिम्मेवारी प्रदान गरिएको छ।
कार्यक्रमको उद्घोषणा जनकपुरधाम नगर सभापति ललन कुमार नायकले गरेका थिए। कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।
रास्वपाले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण तथा निर्वाचन तयारीलाई तीव्र बनाउने उद्देश्यले जिम्मेवारी बाँडफाँट गरिएको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, मौसम विभागले गरायो सतर्क

    Read more

    सामाजिक सुरक्षा भत्ता निकासाको माग गर्दै रास्वपा सुखीपुरद्वारा आन्दोलनको घोषणा

    Read more